Wednesday, June 27, 2018

अर्जेन्टिनालाई अझै गाह्रो

अर्जेन्टिनाका लागि सोमबार राति नाइजेरियाविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो, किनभने यसले नै विश्वकप २०१८ मा उसको यात्रा निर्धारण गर्ने तय थियो । त्यसैले समूह ‘डी’ को यो खेल अगाडि अर्जेन्टिना निकै दबाबमा थियो ।
अर्जेन्टिनामाथि जित्नै पर्ने दबाब थियो। यो दबाब टिममा मात्र थिएन, सायद त्यो भन्दा पनि चर्को दबाब कप्तान लियोनल मेसीमाथि थियो।
यस्तै परिस्थितिमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध बल नियन्त्रणमा राखेर आक्रमण गर्ने रणनीति लियो। यसअघिका दुई खेलको तुलनामा अर्जेन्टिनाले यसपल्ट धेरै राम्रो खेल्यो पनि। खराब प्रदर्शनको आरोप झेलिरहेका लियोनल मेसीले पनि यो खेलमा राम्रो गरे। उनकै गोलको मदतले अर्जेन्टिनाले सुरुआती अग्रता लिन सफल रह्यो।
उनले १४ औं मिनेटमा गोल गरेका हुन्। यो गोलपछि उनमा दबाब कम भएको महसुस गरेको हुनु पर्छ र यो खेलको क्रममा उनको अनुहारबाट प्रस्टै देखिन्थ्यो। उनले गरेको गोल पनि आफैमा उत्कृष्ट थियो। नाइजेरिया भने बलियो रक्षापंक्ति राख्दै काउन्टर–एटयाकमा जोड दिइरहेको थियो। यसैक्रममा उसले पेनाल्टी पनि पायो र गोल पनि गर्‍यो।

खेलको निर्णायक गोल भने मार्कोस रोजोको नाममा रह्यो, त्यो पनि ८६ औं मिनेटमा। त्यसयता नाइजेरियासँग खेलमा फर्कने समय नै थिएन्। जितसँगै अन्तिम १६ को चरणमा प्रवेश गरेयता अर्जेन्टिनाले धेरै राहत महसुस गरिरहेको हुनु पर्छ। तर नकआउट चरणमा अर्जेन्टिनाले लिग चरणमा जस्तै खेल्ने हो भने टिमलाई निकै गाह्रो हुने तय छ।
यसै समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ ले हरायो। क्रोएसियाले यो खेल विना कुनै दबाब खेलेको थियो र यसका लागि आफ्नो केही नयाँ खेलाडीलाई पनि मौका दिएको थियो। तर पनि क्रोएसिया जित निकाल्न सफल रह्यो। नाइजेरिया र आइसल्यान्ड घर फर्कने छन् र तिनलाई यो तथ्यमा दु:ख हुनेछ।


यसअघि समूह ‘सी’ मा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले। दुवै टिमले यो खेलमा बराबरी खेल्ने मनसायले मैदानमा उत्रेको जस्तै देखियो। दुवै टिमले पर्याप्त आक्रमण गर्न गरेनन्। यसै समूहको अर्को खेलमा अस्ट्रेलिया पेरुको हातबाट पराजित रह्यो। पेरु यसअघिका दुई खेलमा पराजित रहेर प्रतियोगिताबाट बाहिरिसकेको थियो।
अस्ट्रेलियासामु भने अझै मौका थियो, नकआउट चरण पुग्ने। तर यसमा पेरु नै विजयी रह्यो, २–० ले। त्यसैले अस्ट्रेलियाका लागि पनि यो निराशाजनक नतिजा रह्यो। यो खेलको सामान्य विश्लेषण के रह्यो भने दुवै टिमले यस खेलमा अवसर सिर्जना गरे। खालि फरक के भन्दा पेरुले ती मौकाको सदुपयोग गर्न सक्यो, अस्ट्रेलियाले भने सकेन।
(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)
Source: Kantipur

Saturday, May 19, 2018

युएईबाट बाहिर जाने पर्यटकको पहिलो रोजाइमा नेपाल, दूतावासबाट १५ सयले लिए भिसा


युएईबाट बाहिर जाने पर्यटकहरुको पहिलो रोजाइमा नेपाल परेको छ । युएईमा विभिन्न पेशा, व्यवसाय गरिरहेका विदेशी नागरिकहरुको घुम्न जाने पहिलो रोजाइमा नेपाल परेको पर्यटन प्रवद्र्धन सम्बन्धी काम गरिरहेका प्रतिष्ठानहरुलाई उदृत गर्दै यहाँका स्थानीय संचार माध्यमले उल्लेख गरेका छन ।
यो वर्ष गर्मी मौसमको सुरुवातसँगै घुम्न जानेको पहिलो रोजाइमा नेपाल र त्यसपछि सेचेल्स तथा अर्मेनिया परेका छन । ती देश घुम्न जाने पर्यटकहरुको टिकट बुकिङ अपेक्षा गरे भन्दा धेरै बढेको एयरलाइन्सहरुले जनाएका छन ।
यो वर्ष रमजान छिट्टै सुरु भएको तथा इदको माहोल र विद्यालय बिदा पनि सुरु भएकाले घुम्न जान हवाइ टिकट तथा अन्य बूकिङ गर्ने क्रम तेब्बर रुपमा बढेको ट्राभल पोर्टका प्रबन्ध निर्देशक पावेल माथेवको भनाइ छ ।
गर्मीको समयमा युएई भित्रिने पर्यटकको सख्या घट्ने गर्छ । यहाँ पेशा व्यवसाय गरिरहेकाहरु पनि चिसो मौसम भएका देश र ठाउँमा जाने गर्छन् । युएईमा भित्रिने पर्यटक औसतमा मे महिनामा १० प्रतिशत र जुनमा ३६ प्रतिशतले घट्ने गरेको युरो मनिटर इन्टरनेशलनका विश्लेषक रबिया यसमिनले बताएको गल्फ न्युजले उल्लेख गरेको छ ।
नेपालका लागि नेपाल एयरलाइन्सले धेरै वर्षपछि दुवईबाट उडान सुरु गरे लगत्तै पर्यटकका थप अतिरिक्त उडान गर्न पाएको जनाएको छ । इदको समयमा साउदीको मक्का मदिनाका क्षेत्रमा उमरा जानेहरु बढे पनि औसतमा नेपाल रोज्ने पर्यटकको सख्या बढेको छ ।
नेपाल एयरलाइन्स आफैंले यहाँका ठूला कर्पोरेटसँग समन्वय गरेर पर्यटक भित्राउन पहल गरिरहेको छ । एयरलाइन्स आँफैले प्रचारात्मक सामाग्री बनाएर वितरण गर्ने गरेको तथा सम्पर्क गरेर होलिडे प्याकेज गर्ने ठूला ट्राभल्स कम्पनीसँग पहल गरिरहेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले बताउनुभयो । एयरलाइन्सले दुवईबाट हप्तामा ४ दिन उडान गर्दै आएको छ ।
दूतावासबाटै १५ सयले लिए भिसा
नेपाली दूतावास आबुधाबीले गएको एक बर्षमा १ हजार ५२ जनाको भिसा जारी गरेको छ । दूतावासमा आएर भिसा आवेदन दिने १ हजार ५२ जना बिदेशी नागरिकलाई भिसा प्रदान गरेको दुतावासले जनाएको छ। भ्रमण गर्नेमा धेरै सार्क मुलुक भन्दा बाहिरका नागरिक छन् ।
छुट्टीको समयमा उनीहरु नेपाल जाने गरेको पाईएको दूतावासले जनाएको छ । नेपालमा पर्यटक प्रवद्र्धन गर्न आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयमा माग गरिएको कार्यबाहक राजदुत सागरप्रसाद फुँयालले उज्यालोलाई बताउनुभयो ।
नेपालमा अन अराइभल भिसा नपाउने १२ देशहरु नाइजेरिया, घाना, जिम्बावे, स्वीटजरल्याण्ड, क्यामरुन,सोमालिया, लिबिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले आफ्नो सम्बन्धित देशको दूतावास तथा वाणिज्य दूतावासबाट कागजात प्रमाणिकरण गरेर सिफारिसपत्र सहित नेपाली दूतावासमा भिसाका लागि आवेदन दिनुपर्छ ।
तर अन्य अराइभल भिसा पाउने देशका नागरिकले समेत नेपालको विमानस्थलमा पुगेर लाइनमा बस्नुपर्ने वा अन्य झन्झट ब्यहोर्नु पर्ने भन्दै दूतावासमै पुगेर भिसा लिने गरेको दूतावासले जनाएको छ ।
सार्क राष्ट्रका नागरिकलाई एक वर्षभित्र एक पटक मात्रै नेपाल भ्रमण गर्न जाँदा राजश्व शुल्क लाग्दैन । १० वर्ष मुनिका बालबालिकालाई पनि नेपाल जाने प्रवेशाज्ञा निशुल्क पाइन्छ ।
भिसामा शुल्क नलागेपनि पर्यटक बनेर नेपाल पुग्ने व्यक्तिले गर्ने खर्चले देशमा आम्दानी थपिने भएकाले पर्यटकको सख्या बढेसगैं देशको आर्थिक अवस्था पनि उकासिने दूतावासका तृतीय सचिव तथा भिसा सम्बन्धी कामकाज हेरिरहनु भएका नारायण ज्ञवालीले बताउनुभयो ।
नेपालमा पर्यटकसँगै लगानी भित्र्याउन पनि दूतावासले यहाँका स्थानीय सरोकारवालासँग पहल गरिरहेको दूतावासको भनाइ छ । यही प्रयास स्वरुप युएईको ठूलो व्यापारिक समुहले नेपाल भ्रमणको तयारी गरिरहेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।
नेपाल भ्रमणका लागि भिसा पाउन के के गर्नुपर्छ ?
दूतावासले नेपाल भ्रमणका लागि भिसा पाउन आवश्यक पर्ने कागजातका विषयमा आफ्नो वेबसाइड तथा प्रकाशन गरेको पुस्तकमा उल्लेख गरेको छ । त्यस्तै दूतावासले डिजिटल बडापत्रमा समेत आवश्यक कागजातका बारेमा लेखेको छ ।

अर्जेन्टिनालाई अझै गाह्रो

अर्जेन्टिनाका लागि सोमबार राति नाइजेरियाविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो, किनभने यसले नै विश्वकप २०१८ मा उसको यात्रा निर्धारण गर्ने तय...